सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलामा मनाइयो देवोत्थान उत्सव


  •    न्युजभित्तो/१७ कार्तिक २०८२, आईतवार ११:३० 
  • महोत्तरी, १६ कात्तिक । मिथिला क्षेत्रमा शनिबार देवोत्थान उत्सव मनाइएको छ । मैथिल परम्परामा प्रवोधिनी पनि भनिने कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णु निद्राबाट ब्युझनुभएको विश्वासमा यस दिन व्रत, भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह गरेर देवोत्थान उत्सव मनाइएको हो । पर्वका अवसरमा यहाँका मठमन्दिर र घरघरैजसो तुलसा र शालिग्राम ९भगवान् विष्णुको प्रतीक०को विवाहोत्सव मनाउने मैथिल परम्परा छ ।

    महिनैपिच्छे कैयौं धार्मिक, सांस्कृतिक र पारम्परिक पर्व परम्पराको धनी मानिने मिथिलामा देवोत्थानपछि विवाह, यज्ञोपवित ९व्रतबन्ध०, गृहप्रवेश, मुण्डन र यज्ञयज्ञादिसहितका शुभकार्यको बाटो खुल्ने मानिन्छ । असार शुक्ल एकादशीपछि रोकिने यस्ता शुभकार्य देवोत्थान उत्सव सम्पन्न गरेसँगै खुल्ने हुँदा मिथिलामा यो महत्वको पर्व रहँदै आएको मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । यस्ता शुभकार्यमा यो दिनपछि भगवान् विष्णुको छत्रछायाँ रहने विश्वास गरिन्छ ।

    “देवोत्थान एकादशी मैथिल परम्परामा विशिष्ट दिन मानिन्छ, यस दिनपछि देवजागरण हुने विश्वास गरिन्छ”, उहाँ भन्नुहुन्छ, “भगवान् विष्णु यसै दिन चार महिना लामो निद्राबाट ब्युझनुभएको विश्वासमा यो पर्व उल्लासका साथ मनाउने मैथिल परम्परा छ ।” भगवान् विष्णु असार शुक्ल एकादशीका दिन क्षार समुद्रमा शयन गर्ने र कार्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू मैथिल विश्वास छ । असार शुक्ल एकादशीलाई ‘हरिसयनी’ र कार्तिक शुक्लपक्षको देवोत्थान एकादशीलाई ‘हरिवोधनी’ पनि भन्ने गरिन्छ ।

    मिथिलामा यो पर्व निष्ठाका साथ व्रत गर्दै श्री विष्णु र तुलसाबीच विवाहोत्सव मनाएर गरिन्छ । यस दिन घरआँगनको तुलसीको मठ सिँगार्ने र विष्णु रुप मानेर शालिग्रामसँग तुलसाको विवाह भएको उत्सव मनाइन्छ । दिनभरि विवाह विधिको रमाइलोमा सरिक मैथिल र मिथिलानी आजको रात भने भजनकीर्तनमा रम्नेछन् । यो विवाहोत्सवमा मिथिलानी ९मिथिलाका नारी० सुमधुर विवाह गीत गाउँछन् ।

    ‘तुलसी सजी सँवरी रहल अछि,
    शालिग्राम जनक ललना।।।१’

    देवोत्थान एकादशी व्रत प्रभावले विष्णुलोक प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । यस दिन बिहानै सूर्योदयपूर्व धार्मिक महत्वका जलाशयमा नुहाएर व्रत सङ्कल्प गरिन्छ । यो व्रत कसैले निराहार र कसैले फलाहार गरेर मनाउँछन् । पर्वका दिन तुलसी मठ, तलाउको डिल र गाउँबस्तीका धार्मिक महत्वका मठमन्दिरमा साँझ दीपोत्सव मनाइन्छ । बर्तालुले शनिबार ९हिजो० साँझ यो दीपोत्सव सम्पन्न गरेका छन् ।

    यस पर्वको मुख्य आकर्षण भने तुलसी शालिग्राम विवाह नै रहँदै आएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ । भगवान् विष्णु निद्राबाट जागा भएपछि सबै काम शुभ हुने मैथिल बताउँछन् । भगवान् विष्णु जागा हुने र यसै दिन तुलसीसँग विवाह हुने दिनलाई मिथिलानीले गीतमा यसरी जोड्छन् ।

    ‘देव उठल कार्तिकमें, शुभकार्य स‘ब होइ,
    तुलसी विवाहक नेपथ्यसँ मंंंगल बजन गुँजी सोइ ।’

    पर्वमा मिथिलामा विवाहका बेला गाइने मङ्गल गीत गाइन्छन् । पर्वको दिन राति जाग्राम बसेर हरिकीर्तन गर्दै भोलिपल्ट द्वादशी तिथिमा यो व्रत साङ्गता गरिने चलन रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ । वर्षका सबै एकादशी व्रत गर्न नसकेकाहरूले पनि देवोत्थान र हरिशयनी एकादशी व्रत गरे सबै व्रत गरेको पुण्यप्राप्त हुने एकादशी माहात्म्यमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.