सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना


  •    न्युजभित्तो/१५ कार्तिक २०८२, शुक्रबार १५:५५ 
  • काठमाडौँ, १४ कात्तिक । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गर्नुभएको छ ।
      
    गोपाष्टमी पर्वका अवसरमा गोवंश संरक्षण अभियानले बुधबार गोरखा जिल्लाबाट सुरु गरेको गोसंवद्र्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरिएको हो । पशुपतिनाथको ज्योतिर्लिङ्ग चर्ने क्रममा स्थानीय गाईले पत्ता लगाएको धार्मिक विश्वास छ । 
    गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली, चुँदीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा बुधबार बिहान ८ः०० बजेको साइतमा गोरखा दरबार क्षेत्रस्थित गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाआराधना गरी गो संवद्र्धन यात्रा सुरु भएको थियो । यात्राका क्रममा आज बिहान मैतीदेवीस्थित गोदा वेणुगोपाल मन्दिरमा गाईको पूजाआराधना गरी राजधानीका विभिन्न भागमा घुमाइएको थियो । 
    थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गोरखाबाट ल्याइएको स्थानीय गाईको विधिपूर्वक पूजाआराधना गरिएको थियो । 
    आज बिहान पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी मूल भट्टले पूजाआराधनासहित गाई संरक्षणको कामना गरिएको थियो । यात्रा सकिएसँगै स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने कार्यक्रम संयोजक एवं ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले जानकारी दिनुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.