सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुल मर्मत नहुँदा आवागमनमा समस्या


  •    न्युजभित्तो/१५ कार्तिक २०८२, शुक्रबार १४:१५ 
  • झापा, १४ कात्तिक । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइको पुल भासिएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ । 
    झापा बजार हुँदै कुञ्जिबारी जोड्ने उक्त पुल गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीका कारण भासिएको थियो । एक महिना पुग्न लागिसक्दासमेत पुलको मर्मत भएको छैन ।
    गौरीगञ्जका विद्यानन्द राजवंशीले सदरमुकाम चन्द्रगढी जानका लागि सोही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउनुभयो । सवारीसाधन र यात्रु भासिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
    तीन वर्षअघि रु छ करोडको लागतमा उक्त पुल निर्माण भएको थियो । पुलको लम्बाइ ५४ मिटर रहेको छ । बाढीलाई थेग्न नसकेपछि मध्यभागको पिलर भासिएर पुल बाङ्गिएको छ ।
    पुलको मध्य भागमा रहेको जग भासिएपछि यातायात आवतजावतमा रोक लगाइएको हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिनुभयो । 
    पुल निर्माण भएको तीन वर्ष बितिसक्दासमेत पहुँच मार्ग र रेलिङको कार्य सम्पन्न नभइसकेका कारण निर्माण व्यवसायीले उक्त पुल सरकारलाई हस्तान्तरण गर्न बाँकी थियो । “पुलमा तीन वटा जग थियो”, उहाँले भन्नुभयो, “नदीमा आएको बाढीले बगाएर ल्याएका रुख पुलमा अड्किँदा लोड थाम्न नसकेर जग भासिएको हो ।” 
    उहाँले भासिएको पुलको जाँचबुझका लागि पुल महाशाखाका उपनिर्देशक ललितजङ्ग खनालको नेतृत्वमा विशेषज्ञको टोली गठन भइसकेको जानकारी दिनुभयो । 
    उहाँका अनुसार टोली दुई तीन दिनभित्रमा झापा आउने र सोको अध्ययन अनुसन्धान गर्ने भएको छ । टोलीले दिएको सुझावअनुसार नै पुलको मर्मतसम्भार गरिने उहाँको भनाइ छ । तत्काल सवारीसाधन आवागमनका लागि नदीमा डाइभर्सन बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
    सहरी विकास, भौतिक योजना तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान सिंहले पुल भासिएलगत्तै अनुगमन गरेर पुलको तत्काल मर्मत गर्न निर्देशन दिनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.