सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान


  •    न्युजभित्तो/१४ कार्तिक २०८२, बिहीबार १७:०१ 
  • चितवन, १३ कात्तिक । जिल्लामा रगतको अभाव देखिएपछि आकस्मिक रूपमा रक्तदान कार्यक्रम सुरु गरिएको छ । यहाँका अस्पतालहरूमा रगतको अभाव पूरा गर्न नसकिएकाले रक्तदाता र बिरामीका परिवारको भरमा पर्नुपर्ने बाध्यता छ । चाडपर्व र राजनीतिक शून्यताका कारण रगतको समस्या उत्पन्न भएको हो ।

    भरतपुर महानगरपालिका वडा नम्बर २ मिल्स एरियामा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा दुई वडाध्यक्षसहित रक्तदान गरिएको थियो । उहाँहरूसँगै अन्य रक्तदाताहरूले पनि रक्तदान गरेका थिए ।

    जिल्लामा रगतको चरम अभाव भएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट र वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालसहित दाताहरूले रक्तदान गरेका हुन् । उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरूसँगै आम रक्तदाताहरूलाई रक्तदान गर्न आह्वान गरिएको उहाँको भनाइ छ । सो कार्यक्रममा १०५ जनाले रक्तदान गरेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आह्वान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाइटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरूले रक्तदानको कार्यक्रम आयोजना गरेका छन् । क्रमशः अभाव घट्दै जाने उहाँको अपेक्षा छ ।

    रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक शून्यता, संघसंस्थाका गतिविधिमा कमी, स्कुल–कलेज बिदा, खेतीपाती भित्र्याउने समयका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरू ५० हाराहारी हुने भए पनि यसले धान्न नसकेको उहाँले बताउनुभयो ।

    दैनिक १०० देखि १५० युनिट रगत माग हुने गरेको छ । जसका कारण जिल्लामा रगतको चरम अभाव भएको हो । यहाँका क्यान्सर अस्पतालका बिरामीहरूलाई धेरै रगत आवश्यक पर्छ । त्यसैगरी दुर्घटना, प्रसूति, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवनसहित छिमेकी जिल्लाहरूमा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.