सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धान थन्क्याउन नपाउँदा किसान चिन्तित


  •    न्युजभित्तो/१४ कार्तिक २०८२, बिहीबार १६:३३ 
  • महोत्तरी, १३ कात्तिक । भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो ।
    महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएर किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् ।
    “धान खेतमा पाकेर पहेंँलपुर छ, चाडवाड सकेर काटौंँला, थन्क्याउँला भनियो, पानी पो पर्न थाल्यो”, भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम बाँतर भन्नुहुन्छ, “पानी पर्दापर्दै काट्न पनि भएन, धान झरेर नोक्सान हुनेभयो ।” हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउनुपर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउनुहुन्छ ।
    महोत्तरीसहितका मधेशका उत्तरी क्षेत्रमा चाँडै पाक्ने ९कात्तिक पहिलो साताभित्र० धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइने यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।
    महोत्तरीका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेंँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो । उत्तरी क्षेत्रमा धान पाकेर पहेंँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिँदा परेको पानीले त्यति बिगारी नहालेको सो भेगका किसान बताउँछन् । 
    “अहिले पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ, त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला”, रामगोपालपुर–२ महानपुरका किसान कादिर हुसैन भन्नुहुन्छ, “चोटिलो पानी प¥योभने बोटबाटै धान झर्ने डर छ ।”
    जिल्लाको उत्तरी क्षेत्रका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकैबीच पानी परेको छ । अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई÷चार दिनपछि धकेलिएको किसान बताउँछन् । हिउँदे धान काटेर दुई÷तीन दिन निहिनमा सुकाउनुपर्ने हुँदा मौसम सफा हुन पर्खनैपर्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ । अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् । यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् ।
    अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि नदिने किसानको चिन्ता छ । “पानी पर्दैछ, पालोमा टिपेर बजार पु¥याउन पर्ने भण्टा, रामतोरिया, घिरौंँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र कीराको आक्रमण पनि बढ्छ”, तरकारीखेतीका किसान बर्दिबास–९ पशुपतिनगरका रामविनोद महतो भन्नुहुन्छ, “यो पानी तुक ९समय० को भएन ।”
    खेतीपाती प्रतिकूलताकाबीच गर्नुपरेको आम किसानको गुनासो छ । कहिले खडेरी, कहिले बेमौसमको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनुपरेको किसान बताउँछन् । एउटा कामको समय घर्किदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रदा चिन्ता थपेको किसान बताउँछन् ।
    यसैबीच मधेश प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेशका सबै जिल्लामा पर्ने भनेर सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ । बुधबार मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जीतेन्द्र सोनलले अहिले  सावधानी अप्नाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गर्नुभएको छ । 
    “प्रदेश सरकार यसबाट पर्नसक्ने विपद्बारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला”, मुख्यमन्त्रीले अपिल गर्दै भन्नुभएको छ । यो मौसम अझै दुई दिन रहनसक्ने जनाउँदै प्रदेश सरकारले नदीहरुमा बहाव बढ्नसक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.