सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम


  •    न्युजभित्तो/१४ कार्तिक २०८२, बिहीबार १६:२७ 
  • गलकोट (बागलुङ), १३ कात्तिक । मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ । 
    महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोग गर्न थालेका छन् । आश्रमको भवन निर्माणका लागि हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु ५० हजार ५९८ सहयोग गर्नुभएको छ । सोही क्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाका तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । 
    बागलुङ नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि रु एक लाख १११ सहयोग गर्ने बताउनुभयो । त्यसैगरी वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ,भने अन्य कार्यपालिका सदस्यले आफ्नो १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन् ।
    त्यस्तै गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले रु एक लाख पाँच हजार ५५५ सहयोग गर्ने बताउनुभएको मानव सेवा आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो । हाल बागलुङ–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित रहेका छन् ।
    बागलुङ–४ निरयघाटमा निर्माणाधीन भवन चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको  छ । महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ । महायज्ञलाई सफल बनाउन बागलुङ–२ मा सचिवालय स्थापना गरिएको छ । सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग सङ्कलनको काम अघि बढाइएको छ ।
    आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत र म्याग्दीमा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । 
    दुई सय जना सहयोगपक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रमले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ । हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक रु १० लाखभन्दा बढी खर्च हुने गरेको छ ।
    भवन निर्माणका लागि हालसम्म रु पाँच करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु चार करोड आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । महायज्ञमार्फत आवश्यक रकम सङ्कलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.