सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा


  •    न्युजभित्तो/१३ कार्तिक २०८२, बुधबार १६:०६ 
  • काभ्रेपलाञ्चोक, १२ कात्तिक । क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची–महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ । 
    आउँदो सन् २०२६ जनवरी १ मा सुरु गरिने यात्रा एक महिनाको हुने जनाइएको छ । साइकलयात्राबारे आज धुलिखेलस्थित अस्पतालमा पत्रकार सम्मेलन गरी यसपटक क्यान्सर रोगसँग सङ्घर्षरत दुई ‘सर्भाइभर’ले साइकलयात्रामार्फत मेचीदेखि महाकालीसम्मका नागरिकलाई क्यान्सर सचेतना जगाउने अठोटसमेत लिएको जानकारी गराइयो । सो अवसरमा क्यान्सर रोगसँग लडिरहनुभएका साइक्लिस्ट हर्क लामा र स्तन क्यान्सरको तेस्रो चरणबाट उठ्नुभएकी कविता चित्रकारले यात्राको नेतृत्व गर्ने बताइएको छ । यस यात्राका लागि साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँग सहकार्य गरिरहेको हो । 
    क्यान्सरबारे जनचेतनाका साथै क्यान्सरका बिरामीलाई उपचार कोष जुटाउने यो साइक्लिङ अभियानलाई डा तारालाल श्रेष्ठले संयोजन गर्नुभएको छ । धुलिखेल अस्पतालका चिकित्सकको समूहले मेडिकल सहयोग गर्ने भएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मको कुल एक हजार आठ किलोमिटर दूरी पार हुनेछ । यात्रामा साइकलप्रेमी तथा सहयोगी यात्रामा जोडिने अपेक्षा गरिएको छ । 
    यस साइकलयात्रामा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने छभने केही स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । यात्राका क्रममा कोषमा मुठ्ठीदानबापत जम्मा भएको रकम क्यान्सरका बिरामी सहयोग कोष स्थापना गर्न धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने श्रेष्ठको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.