सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने


  •    न्युजभित्तो/१३ कार्तिक २०८२, बुधबार १४:५७ 
  • काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ । 
    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 
    उहाँका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधानका गर्नका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ । 
    उक्त टोलीले समस्या समाधानका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ । यस्तै मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उल्लेख गर्नुभयो ।
    ती निकायलाई अल्पकालीनरतत्कालीन ९३० दिनभित्र सम्पन्न हुनसक्ने०, मध्यकालीन ९६० दिनभित्र सुरुवात हुने० र दीर्घकालीन ९सुदूर भविष्यमा प्रभाव पार्ने० सूची पठाउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । 
    मन्त्रालय मातहतका विभाग तथा सङ्घीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । मन्त्रालय मातहतका निकायबाट सम्पादन कार्यको बारेमा आउने गुनासाका तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.