सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जमा पौडी प्रशिक्षण


  •    न्युजभित्तो/१३ कार्तिक २०८२, बुधबार १२:२७ 
  • नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ ।

    यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको व्यवस्था भएको हो ।

    प्रशिक्षार्थीलाई नेपाल पौडी सङ्घका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिश महर्जन र दीपक सागर सिंहले तालीम दिँदै हुनुहुन्छ ।

    बाँकेमा चन्दुराम चौधरी, दीपक परियारलगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीमा प्रशिक्षण दिएर पौडी प्रतियोगिता सञ्चालन गर्दै आउनुभएको छ ।

    खेलकुद विकास समिमितिका प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद समितिका पौडी प्रशिक्षकमार्फत विद्यार्थीहरूलाई पौडी सिकाउन निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक भएको बताउनुभयो ।

    एक सयभन्दा बढी खेलाडीका नाम दर्ता

    नेपालगञ्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणमा १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.