सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति


  •    न्युजभित्तो/१२ कार्तिक २०८२, मंगलवार १२:१८ 
  • महेन्द्रनगर, ११ कात्तिक । जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

    धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

    सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँचवटा सरकारी संरचना पूर्ण रूपले क्षति भएको छभने प्रदेशभरि एक सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

    आंशिक क्षतिमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीनवटा सरकारी भवन परेका छन् ।

    त्यसैगरी, सुदूरपश्चिममा व्यापारिक र निजीघरतर्फ ३८ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निजीतर्फ कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा घरमा क्षति पुगेको छ ।

    जेनजी आन्दोलनमा यहाँ सात सय ८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । यहाँ पाँच सय ७३ दुईपाङ्ग्रे र एक सय ३५ चारपाङ्ग्रे सवारीसाधनमा क्षति भएको छ । निजी सवारीसाधनतर्फ तीनवटा साधनमा क्षति पुगेको छ ।

    कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले ठाडो निवदेन आए पनि जाहेरी आएको छैन । “जाहेरी आए पनि सङ्कलन गर्ने भन्ने छ”, प्रवक्ता बोहराले भन्नुभयो, “किटानी जाहेरी दिएर ठाडो उजुरी दिएको अवस्था छैन, क्षति विषय उल्लेख गरिएको छ ।” कञ्चनपुर कारागारबाट भागेका चार सय ७८ जनामध्ये ९८ जना कैदी अझैसम्म फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।

    त्यसैगरी, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा जाहेरी नपरेको बताउनुभयो । “भागेकामध्ये चार सय छ जना आए, दुई सयभन्दा बढी अझै फरार रहँदा खोजीकार्य पनि तीव्र रूपमा हुँदैछ”, प्रवक्ता सिंहले भन्नुभयो, “कैलाली प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.