सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरआँगनमै छठीघाट


  •    न्युजभित्तो/११ कार्तिक २०८२, सोमबार १४:०९ 
  • महोत्तरी, १० कात्तिक । बर्दिबास नगरपालिका–२ लच्काका उमेश महतोले छठ मनाउन घरआँगनमा नै घाट बनाउनुभएको छ । बर्दिबास–जलेश्वर सडक छेउकै घरअगाडि महतोले छठघाट बनाउनुभएको हो । बस्ती वरिपरिका कतिपय पोखरी र डबरा (सानो पोखरी) मा पानी सुकेका र नदी निकै टाढा भएपछि आँगनमा नै घाट निर्माण गर्नुपरेको उहाँको भनाइ छ ।
    यस्तै यसै बस्तीकी पवित्रा रेग्मीले पनि घरआँगनमा छठघाट बनाउनुभएको छ । बर्दिबास–१४ को लच्कास्थित ब्रह्मस्थान परिसरमा त्यहीं वरपरका बर्तालुका परिवारले सामूहिक रुपमा घाट बनाएका छन् । नजिकको हटिया पोखरीमा निर्मित घाटमा ठाउँ नपुगेपछि पछिल्ला तीन÷चार वर्षदेखि यहीँ नै रातु नदीबाट कुलोमा आएको पानी खाल्डा बनाएर जम्मा गरी घाट निर्माण गरिँदै आइएको बर्तालु मञ्जु साह सोनार बताउनुहुन्छ । 
    यसरी घर नजिक घाट बनाइएका ठाउँमा पानी जम्ने ठाउँ बनाइएको छ । कतिपयले भने घाटमा नावरं ९गाईवस्तुलाई पानी र खाना ख्वाउन बनाइएको सिमेन्टको एक प्रकारको भाँडा० मा पानी भरेर पर्व गर्ने तयारी गरेका छन् । पर्वमा बर्तालुले पानीमा चोबलिएर सूर्यदेवलाई अघ्र्य दिने परम्परा छ । यसैले घरआँगनमा घाट बनाउनेहरुले चारैतिर लिसो माटोको घेराबेरा गरेर पानी जमाएका छन् । यसैगरी नावर घाटमा राखेर पानी भर्नेको सङ्ख्या निकै बढेको छ । 
    महोत्तरीको उत्तरी क्षेत्रमा धेरैजसो पोखरी गेग्रान बलौटे माटो हुँदा बर्खा सकिने बित्तिक्कै सुक्छन् । पछिल्ला केही वर्षयता खोल्साखोल्सीमा पानी देखिन छाडेको छ । बस्ती नजिकका पोखरी÷तलाउ, नदी र खोल्साखोल्सीमा पानी मरेपछि घरआँगनमा घाट बनाउनु परेको बर्तालु र परिवारजनको भनाइ छ ।  “जस्तो समय आइपर्छ, त्यस्तो गर्नै प¥यो, के गरौँ रु नजिकका पोखरी र पानीका डबरा यसपालि छठअघि नै सुके, रातु नदीमा पनि पानी धेरै छैन, त्यो पनि टाढा छ”, बर्दिबास–२ की बर्तालु पवित्रा रेग्मी भन्नुहुन्छ, “त्यसैले घरआँगनमा नै घाट बनाएर पर्व मनाउनतिर लाग्यौँ ।” 
    जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरक्षेत्र उत्तरी भेगका हुन् । अहिले यी तीनवटै नगरपालिकाका अधिकांश बस्तीमा घरआँगनमै छठघाट बनाउने चलन निकै बढेको छ । बर्दिबास–६, ७, ९, १२ र १३ का बस्तीमा घरअगाडिका इनार छेउमा घाट बनेका छन् । यसैगरी भङ्गाहाका वडा नं ४ र ५ का बस्तीहरुमा पनि इनार नजिक घाट बनाएर नावरमा पानी भरेर पर्व मनाउने तयारी देखिदो छ । पछिल्ला वर्षहरुमा नयाँ पुस्ताका युवायुवती निकै टाढाका घाटमा जान झिँजो मान्न थालेपछि यसरी घरआँगनमै बनाउनु परेको बताउने पनि भेटिएका छन् । 
    “पहिलेपहिले टोलटोलकै स–साना डवरा पानीले भरिएका हुन्थे, सजिलो थियो, अब यी डवरामा पानी हुँदैन, त्यसैले आँगनको इनार छेउमै घाट बनाएका छौँ”, भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो भन्नुहुन्छ, “यसरी पर्व गर्न थालिएको पनि सात÷आठ वर्ष नाघ्यो ।” यसरी घरआँगनका घाटमा नुहाएर अघ्र्य देखाइए पनि कम्मरसम्मको पानीमा चोबलिन भने नमिल्ने गङ्गाराम बताउनुहुन्छ । 
    छठ पर्वमा जलाशयको ठूलो महत्व हुन्छ । पोखरी वा नदीमा दह झैँ बनेको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई अघ्र्य दिने पुरानो मिथिला परम्परा हो । तर पछिल्ला केही वर्षयता नदीमा पानी चल्न छाडेको, पोखरी÷तलाउ कतै सुकेका र कतै फोहर थुपारिएर दुर्गन्धित बनेपछि पर्व परम्परा थेग्न अब ‘नावर’ र इनार छेउमा बनाइएका खोबिल्टाको भर पर्नु परेको बर्तालुको भनाइ छ । 
    प्रकृति पूजाको छठ परम्परा अब केही वर्षपछि घरघरका धारा वा स्नानघरमा पुग्ने छाँट देखिन थालेको पाका मैथिल चिन्ता व्यक्त गर्छन् । मुख्य रुपले जलाधारक्षेत्र मासिँदै जानु र नदीमा पानी चल्न छाडेपछि इनार, चापाकल र बोरिङको जलसतह पनि गहिरिँदै गएको छ । 
    मधेसको शिरमा रहेको चुरे पर्वत र यसका श्रेणी एवम् नदी क्षेत्रमा बढ्दो अनियन्त्रित उत्खनन र वनजङ्गलको विनाशले पानीका स्रोतका मुहान सुक्दै जाँदा यो सङ्कट बढेको चुरे विज्ञ डा विजयकुमार सिंहको भनाइ छ । गत शनिबार सुरु भएको छठ पर्वको तेस्रो दिन बर्तालु आज निराहार व्रतमा छन् । बर्तालुले आज साँझ अस्ताउँदा र भोलि बिहान उदाउँदा सूर्यलाई घाटमा उभिएर अघ्र्य दिनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.