सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा छठघाट सजाइयो


  •    न्युजभित्तो/१० कार्तिक २०८२, आईतवार १३:२० 
  • वीरगञ्ज (पर्सा), ९ कात्तिक । छठपर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ ।
    मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, नगवा पोखरी, छपकैयाँ पोखरी रानीघाटसहितका जिल्लाका विभिन्न छठघाट तथा नदीतटमा कलात्मक रङ्गीचङ्गी डिजाइन, झलरबत्तीसहित सरसफाइ र सजाउने काम अन्तिम चरणमा पुगेको छ । आफ्नो टोलछिमेकमा रहेका पोखरी तथा तलाउलाई यहाँका स्थानीयले स्वतस्र्फूत रुपमा खर्च गरेर सजाउने काम गरेका छन् । 
    छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेशकुमार साह कानुले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । 
    “हामीले जनआस्थाको पर्व छठपर्वलाई लक्षित गरेर घडीअर्वा पोखरीलाई शृङ्गार गरेर चिटिक्क पारेका छौंँ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीको छठ पर्वमा गरिने झलरसहितका बत्ती र सजावट हेर्नका लागि छिमेकीमूलुक भारतको विहार राज्यका तथा नेपालका पनि काठमाडौंँ, चितवन, मकवानपुरलगायतका स्थानबाट पर्यटक आउने गर्नुहुन्छ ।” समितिले यसवर्ष करिब रु २५ लाख खर्चेर छठपर्वलाई भव्य र सभ्य ढङ्गले अघि बढाउने प्रयास गरेको छ ।
    अध्यक्ष कानुले घडीअर्वाको छठपर्वमा मात्रै एक लाखभन्दा बढीे दर्शनार्थीले हेर्ने बताउनुभयो । तराई–मधेशका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् । यसवर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । 
    वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठपर्व मनाइँदै आइएको छ । “छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “वीरगञ्जको घडीअर्वा पोखरीमा छठपूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो, पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.