सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’


  •    न्युजभित्तो/१० कार्तिक २०८२, आईतवार १३:१७ 
  • भोजपुर, ९ कात्तिक । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । 
    धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । बिस्कुट्नेडाँडामा रहेको मङ्गलबारे देवस्थल, कन्यादह, धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकाले यहाँ धूपी, असोक, जामुन, आँप, लिचीलगायतका बिरुवासमेत रोपणको गरिएको छ । 
    यहाँको कन्यादह तथा मङ्गलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय हर्कराज राईले बताउनुभयो । यो प्रसिद्ध क्षेत्र ओझेलमा परेकाले यसको विकास तथा प्रचारप्रचार स्थानीय जुटेको उहाँको भनाइ छ । “यो क्षेत्रको पर्यटकीयसँगै धार्मिक महत्व पनि छ”, उहाँले भन्नुभयो, “संरक्षण अभावमा यहाँका कतिपय संरचना ओझेलमा परेको अवस्था थियो, यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हामी जुटेका छौँ ।”
    योसँगै यहाँ रहेका आतबारे देवस्थल र सोमबारे देवस्थल निकै ठूलो धार्मिक महत्व रहेको स्थानीय सुगम राईले बताउनुभयो । यी क्षेत्रमा विभिन्न समयमा पूजाआजासँगै मेला महोत्सव लाग्ने गरेको छ । “यहाँ आइतबारे, सोमबारे र मङ्गलबारे गरी तीन देवस्थल छन्”, उहाँले भन्नुभयो, “यी धार्मिक क्षेत्रको आ–आफ्नै विषेशता रहेका छन्, मङ्गलबारे र कन्यादह संरक्षण गरेका छौँ, अन्य क्षेत्रको पनि संरक्षणको काम गरिरहेका छौँ ।”
    यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय सङ्गम राईले बताउनुभयो । यहाँ आउने मानिसलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उहाँको भनाइ छ । यो क्षेत्रको संरक्षण गरिएपछि आन्तरिक पर्यटकको आवगमन बढेको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.