सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छठपूजाका लागि झापाका नदी किनार सजाइए


  •    न्युजभित्तो/१० कार्तिक २०८२, आईतवार १२:४७ 
  • झापा, ९ कात्तिक । छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले कनकाईको बिरिङ नदी किनारमा सजाइएका घाटमा पूजा गर्ने तयारी भएको छ । “विर्तामोड, चारपाने, दुर्गापुर र लक्ष्मीपुरका छठ पूजा गर्नेहरूका लागि हामीले कनकाईको बिरिङमा सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “यो सांस्कृतिक पर्वलाई भव्य रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग हुने अपेक्षा राखेका छौँ ।”

    कनकाईको बिरिङ घाटमा एक सय ७५ भन्दा बढी मण्डप निर्माण गरिएका छन् । सोही अवसरमा हजारौँको भीड लाग्ने र विशेष कार्यक्रमसमेत आयोजना हुने भएकाले छठ सेवा समितिले स्वयंसेवक, अर्थलगायतका विभिन्न उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी, भद्रपुर र काँकडभिट्टास्थित मेची नदी किनारमा छठ पूजाका लागि विशेष तयारी भएको छ । भद्रपुर–५ स्थित मेची नदीको दुवै किनारमा हुने छठ पूजामा विगतमा जिल्लाकै सबैभन्दा धेरै भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको थियो ।

    विर्तामोडको अदुवा खोला, कन्काई नदी, धुलाबारीको निन्दा, अर्जुनधाराको टाङटिङलगायत दर्जनौँ खोला तथा नदीमा छठ पूजाको तयारी गरिएको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिकामा यही उपलक्ष्यमा धार्मिक मेलाको आयोजना गरिएको छ । झापा गाउँपालिकाको वडा नं २ स्थित सानोमाई नदीमा कात्तिक ९, १० र ११ गते धार्मिक मेला लाग्ने झापाली युवा क्लबका अध्यक्ष समीलाल राजवंशीले बताउनुभयो ।

    धार्मिक मेला र पूजालाई व्यवस्थित बनाउन उहाँको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । सानो माई नदी किनारमा छठको अवसर पारेर विगत केही वर्षदेखि धार्मिक मेला लाग्न थालेको उहाँले बताउनुभयो । विशेषगरी तराईवासीले मनाउने छठपर्व हिजोआज अन्य समुदायले समेत उल्लासपूर्वक मनाउने गरेको पाइएको छ ।

    ठेकुवालगायत पीठोबाट बनाइएका प्रसादहरूसँगै केराको घरी, माटोको हात्ती, कलशसहित पूजा सामग्री बोकेर बर्तालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा गर्ने र मङ्गलबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने झापाली युवा क्लबका अध्यक्ष राजवंशीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.