सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस चल्न थालेपछि जग्गादाता खुसी


  •    न्युजभित्तो/८ कार्तिक २०८२, शुक्रबार १४:३३ 
  • गलकोट (बागलुङ), ७ कात्तिक । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ ।
    बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न नसकेकामा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छुट्न थालेका छन् । 
    बागलुङ–४ स्थित दाबगरामा पाँच वर्षअघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दुरीका बस छुटाइएको छ । यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन् । 
    बस चल्न थालेपछि जग्गादाता खुसी भएका छन् ।  नगरपालिकाले रु नौ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ । 
    नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क सङ्कलन तथा व्यवस्थापनका निम्ती आरबि कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र आरबि कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबीच बसपार्क व्यवस्थापनको जिम्माका लागि सम्झौता भएपछि बसपार्कबाट बस छुट्न थालेका हुन् । 
    नगरपालिकाको आन्तरिक आय जम्मा गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो । 
    बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कूल रु आठ करोड ५५ लाख ६१ हजार १७२ नगरपालिकालाई भुक्तानी गर्नेछ । त्यसको वार्षिक झण्डै रु १६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ । सम्झौता पत्रमा सवारीसाधन पार्किङकको दरसमेत नगरपालिकाले कायम गरेको छ । सोहीअनुसार कन्स्ट्रक्सनले उठाउने र नगरपालिकालाई भुक्तानी दिइने छ । 
    कूल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर तथा तीन टिकट काउण्टर, पाँच शौचालय, इभी  चार्जर जडान गर्ने स्थानलगायत संरचना निर्माण भएका छन् । बसपार्कका सटरहरुको तीन हजार ५०० सयदेखि १० हजारसम्म मासिक भाडा कायम गरिएको छ । 
    सवारीसाधनअन्तर्गत रात्रि बसको पार्किङ शुल्क रु २०० देखि मोटरसाइकलको रु १० सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगर विकास कोषको ऋणमा नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
    विसं २०५८ मा कूल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.