सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम


  •    न्युजभित्तो/४ कार्तिक २०८२, सोमबार १५:०२ 
  • घोडाघोडी (कैलाली), ३ कात्तिक । कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ । 
    विसं २०७४ देखि फूलखेती सुरु गर्नुभएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरु ढकमक्क फुलेका छन् । उहाँ भन्नुहुन्छ, “एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उहाँले भन्नुभयो । 
    फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुनुहुन्छ । तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । “फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन”, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै सीतारामले भन्नुभयो, “प्रतिमाला रु १३० र प्रतिकिलो रु ६०० को दरले बिक्री गरिरहेका छाँै ।” 
    सयपत्री र मखमली फुलबाट एउटा याममा रु ४ लाख बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । एउटा बोटबाट चारवटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लैजानुभएको छ । 
    उहाँ भन्नुहुन्छ, “धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।” 
    दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आउनुभएको छ । सजावटमा प्रयोग हुने कट फ्लावर ९ तारबारे, गुलाफ, जोखेडा र गोदावरी० पनि उहाँले लगाउनुभएको छ । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिनुभएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्नुहुन्छ । उहाँको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ । 
    फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगार समेत दिने गरेको सीतारामले बताउनुभयो । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उहाँलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उहाँको प्रयासको मूल्य सबैले देखे । 
    “अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्”, सीताराम भन्नुहुन्छ । उहाँको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उहाँ हुनुहुन्छ । अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्”, उहाँले भन्नुभयो, “फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिक रुपमा बलियो समेत बनाएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.