सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग


  •    न्युजभित्तो/४ कार्तिक २०८२, सोमबार १२:३३ 
  • सिरहा, ३ कात्तिक । लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक हप्ताको फरकमा निधन भएपछि नगरपालिकामार्फत आइतबार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ । सत्तरी वर्षीय बौधु सदायको निधनपछि क्यान्सरबाट पीडित उनकी श्रीमती कुमारीको पनि ७ दिनभित्रै निधन भएको थियो ।

    श्रीमान्को मृत्युको पीडा सम्हाल्दै गर्दा आफैँ पनि गम्भीर क्यान्सरबाट जुँधिरहेकी कुमारीको निधनले परिवारलाई दोहोरो पीडामा डुबायो । तर, यस दुःखद घडीमा नगरपालिका उनीहरूको सहारा बनेको छ ।

    दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका शिवशङ्करले नगरबाट प्राप्त सहयोगले बाबुआमाको मृत्युकर्म गर्न सहज हुने बताउनुभयो । उहाँले नगरको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो,“हामी गरिब मजदुर, न जग्गा छ, न जमिन । नगरपालिकाले दिएको चामल, दाल, नून, तेल र खर्चले यो दुःखको समयमा धेरै सहज भयो । दुई जना गुमाउँदा घरमै चुलो बाल्न मुस्किल थियो ।”

    नगर प्रमुख महेश चौधरी आफैंँ पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नून, तेललगायत खाद्यान्न वितरण गर्नुका साथै किरिया खर्चका लागि जनही रु पाँच÷पाँच हजार पनि दिने व्यवस्था मिलाइएको बताउनुभयो । उस्तै पीडा लहान–२४ मल्हन मुसहरी टोलमा पनि भएको छ ।

    चार दिनअघि ७८ वर्षीय तेजीलाल सदायको निधन भयो । उहाँको परिवारलाई पनि नगरप्रमुख चौधरी घरमै पुगेर आइतबार राहत सामग्री र नगद सहयोग प्रदान गर्नुभयो । मृतक तेजीलालका छोरा प्रभु सदायले भन्नुभयो,“बुवाको नागरिकता छ, तर मलाई अहिलेसम्म नागरिकता नै बनेको छैन । आमा पहिल्यै बित्नुभएको हो । सनाखत गर्ने कोही नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाबाट सहयोग मिल्ला भन्ने आशा छ ।” यसबारेमा वडाध्यक्ष राशलाल रायले प्रभु सदायको नागरिकता बनाउने प्रक्रियामा पहल गर्ने आश्वासन दिनुभयो ।

    नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाभित्रका दलित, विपन्न तथा विशेष गरी मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित राहत तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । “मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको छु । मृतकका परिवारलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,” चौधरीले भन्नुभयो ।

    नगरपालिकाले मृतक परिवारप्रति सहानुभूति प्रकट गर्दै, आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित ढङ्गले अघि बढाइने जनाएको छ । दलित, मुसहर जस्ता समुदाय, जहाँ मृत्यु भोजका लागि पनि चामल जुटाउन मुस्किल पर्छ । नगरप्रमुख चौधरी यस्ता घरमा आफैँ पुग्नुहुन्छ, राहत दिएर मात्रै होइन, सान्त्वना दिएर फर्कनुहुन्छ । उहाँले अगाडि भन्नुभयो,“सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ । हामी हरेक मुसहर, दलित परिवारको पीडामा सहभागी हुन खोजिरहेका छौं ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.