सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप


  •    न्युजभित्तो/४ कार्तिक २०८२, सोमबार ११:२९ 
  • वीरगञ्ज (पर्सा), ३ कात्तिक । हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । 
    स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म  छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात पाँच लाख ४७ हजार ३११ जनालाई खुवाइएको छ ।
    ‘‘अझै १६ प्रतिशत लक्षित समूह हैजा विरुद्धको औषधी खानबाट छुटेका छन् । उनीहरुलाई पनि छठ पर्व लगत्तै फेरि खुवाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको तथ्याङ्क हेर्दा हैजाविरुद्धको औषधी ख्वाउने ९खोप० अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।’’ 
    स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत हैजा विरुद्धको औषधी खुवाइएको छ । त्यस्तै गरी जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी खाएका छन् । त्यसैगरी सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी लिएका छन् । त्यसैगरी छिपरमाई गाउँपालिका ९३ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले हैजा विरुद्धको औषधी लिएका छन् ।
    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्धको खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउनुभयो । ‘‘हामीले खोप केन्द्रहरुको नियमित अनुगमन र निरीक्षण गर्दै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धान भित्र्याउने समय र चाडपर्वको समय भएकाले पनि खोप अभियानको समय थपेर भएपनि अघि बढाउन निर्देश गर्दछु ।’’  
    जनस्वास्थ्य अधिकृत ठाकुरले हैजा महामारी विरुद्धको खोप पर्सा जिल्लाका एक वर्ष उमेर माथिका सबैलाई खुवाउन अनुरोध गर्नुभयो । ‘‘मुखबाट खुवाइने खोप भएकाले सुरक्षित र भरपर्दो भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गर्दछौँ’,’  उहाँले भन्नुभयो । 
    यो खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।  यो खोपको औषधी एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधी दिन सकिने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.