सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता


  •    न्युजभित्तो/३ कार्तिक २०८२, आईतवार ११:४७ 
  • काठमाडौँ, २ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

    विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी संस्थाका सदस्य किसानले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल गरेको उपलब्धि र आगामी दिनमा अवलम्बन गर्न सकिने नवीन अभ्यासका बारेमा कार्य गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सङ्घका अध्यक्ष खेमबहादुर पाठक र विश्वविद्यालयको तर्फबाट योजना निर्देशनालयका निर्देशक प्रा डा शिवचन्द्र ढकालको उपस्थितिमा सङ्घका महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ र विश्वविद्यालयको तर्फबाट प्रा डा शारदा थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो ।

    सम्झौतापश्चात अध्यक्ष पाठक र विश्वविद्यालयको तर्फबाट प्रा डा थपलियाले बोल्नुहुँदै नेपालको पशुपालन र कृषि क्षेत्रको विकासका लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा दिगो कृषि, बीउ उत्पादन, जलवायु परिवर्तन अनुकूलन, सहकारी विकास, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, विपद् जोखिम व्यवस्थापन गर्ने विषय उल्लेख छ । यस्तै, खाद्य सुरक्षा, जैविक खेती, कृषि पर्यटन, उद्यम विकास, बजार, नवीकरणीय ऊर्जा अनुसन्धान, नीति वकालत र ज्ञान–सूचना प्रवाहसम्बन्धी संयुक्त परियोजना निर्माण र कार्यान्वयन गर्ने विषय समावेश छ ।

    सम्झौतापत्रमा कृषि–खाद्य प्रणाली, कृषि सहकारी र ग्रामीण रुपान्तरणसम्बन्धी नीति संवाद, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने विषय समावेश छ । कृषि, वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, कृषि तथा वन क्षेत्रका विशेषज्ञता, तथ्याङ्क र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्ने विषय पनि सम्भौतामा समेटिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.