सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य


  •    न्युजभित्तो/१ कार्तिक २०८२, शुक्रबार १३:५१ 
  • म्याग्दी, ३१ असोज । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ ।

    आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो ।

    प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

    ‘बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्”, उहाँले भन्नुभयो, “घरमा प्रसूति हुनेको सङ्ख्यालाई शून्यमा कायम राख्न चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

    बेनी नगरपालिकामा आव २०८१/८२ मा सुत्केरी भएका चार सय ३७ जनाले सुरक्षित प्रसूति सेवा लिएका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो । चालु आवको साउन र भदौमा सुत्केरी भएका ६६ जनाले पनि स्वास्थ्य संस्थामै पुगेर सुरक्षित प्रसूति सेवा लिएका उहाँले बताउनुभयो ।

    बेनी नगरपालिकामा आव २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा तीन सय ९२ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताउँछ ।

    जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको नगरउपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । दशवटा वडा रहेको बेनी नगरपालिकामा प्रदेश अस्पताल बेनी, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

    अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.