सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई


  •    न्युजभित्तो/३० आश्विन २०८२, बिहीबार १५:१४ 
  • जलेश्वर (महोत्तरी), ३० असोज । तराई-मधेसका मिथिलाञ्चल क्षेत्रसहित महोत्तरीमा छठपर्वका लागि बाँसका भाँडा बनाउने डोम समुदायको अहिले व्यस्तता बढेको छ ।
    वर्षैभरि सुँगुर पालन गरी जीविकोपार्जन गर्ने डोम जातिलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँसका भाँडाकुँडा बनाउ नभ्याइनभ्याई भएको जलेश्वर नगरपालिका-२ का रामजी डोमले बताउनुभयो । 
    गाँस, बास र कपासको जोहो गर्न समस्या पर्ने यो समुदायलाई छठपर्वको तयारी सुरु हुनासाथ असोज र कात्तिकभरि बाँसका भाँडा बनाएर बिक्री गर्न भ्याइनभ्याई हुने एकडारा गाउँपालिका-२ का तेतर डोमले बताउनुभयो । छठपर्वका लागि बाँस र बेतबाट छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउन यहाँका डोम समुदाय जुटेका उहाँको भनाइ छ ।
    दैनिक हातमुख जोड्न समस्या हुने यहाँका डोम समुदायले असोज र कात्तिकमा विभिन्न परिकार पकाएर खाने गरेको मनरासिस्वा नगरपालिकाकी ६० वर्षीया दुखनी डोमिनले बताउनुभयो । 
    बाँसको चोया र कप्टेरोबाट छिटी, डालो, नाङ्लो बुन्दै गरेकी पिपरा गाउँपालिका-४ की ५० वर्षीया निरसी डोमिनले भन्नुभयो, “छठपर्वको आगमनसँगै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बनाउनमा व्यस्त हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले खुसी छौँ ।” यही आम्दानीबाट असोज, कात्तिक र आगामी  केही दिनसम्म खुसीका साथ जीवन काट्न सकिने उहाँको भनाइ छ ।
    मिथिलामा छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरीमा अर्घ दिनुपर्ने प्रचलन भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडा आवश्यक पर्दछ । सोही कारणले डोमको व्यवसायले गति पाउनुका साथै आम्दानीमा बढोत्तरी हुने गरेको गौशाला नगरपालिकाकी सुनिता डोमिनले बताउनुभयो । 
    छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको जनविश्वास रहेको बताउँदै महोत्तरी गाउँपालिकाका ७० वर्षीय रामबाबु डोमले आफूहरू सोही कारण दिनरात बर्तालुहरूका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।
    महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरका प्रदीप डोमले छिटी, डालो, नाङ्लो, सुपली र टालु टपरी बेचेर असोज तथा कात्तिकभरिमा वर्षभरिकै सबै कर्जाहरू चुक्ता गरेर आउने पाँच-छ महिनाको खर्चपर्चको जोहो गर्न कमाइ हुने गरेको बताउनुभयो । 
    औरही नगरपालिकाका बेचन डोमले घरका बालकदेखि वृद्धासम्मले यो समयमा छिटी, डालो नाङ्लो, सुपली र बाँसका अन्य भाँडाकुँडा बेचेर प्रतिपरिवारले रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने जानकारी दिनुभयो । 
    अहिले जिल्लाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएका छन् भने मिथिलाको अन्य जिल्लाका डोम समुदाय पनि बाँस र बेतका भाँडाकुँडा बनाउन व्यस्त रहेका डोमअगुवा बिरजु डोमले बताउनुभयो ।
    दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन सास्ती हुने गरेको भन्दै ती सामग्री बनाउन र मागअनुसार उपलब्ध गराउन भ्याइनभ्याई भएको उहाँको भनाइ छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.