सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन


  •    न्युजभित्तो/३० आश्विन २०८२, बिहीबार १५:०९ 
  • वीरगञ्ज (पर्सा), ३० असोज । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
    जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु-याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ ।
    नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । 
    ‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भन्नुभयो, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग¥यौँ । आज रक्तदान कार्यक्रम गरेका छौँ । भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.