सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराटनगरमा हस्तकला प्रदर्शनी हुँदै


  •    न्युजभित्तो/३० आश्विन २०८२, बिहीबार ११:३९ 
  • विराटनगर, ३० असोज । महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यरत ‘विन च्याप्टर मोरङ’ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ । वीरेन्द्र सभागृह अगाडिको ‘युमेन इन्टरप्रेनर्र्स ग्यालरी’मा उक्त प्रदर्शनी हुन लागेको हो ।

    उक्त ग्यालरी कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र हो । यसको स्थापना स्थानीय महिलाको सिर्जनात्मकता र सीप प्रदर्शन गर्ने उद्देश्यले गरिएको ‘बिन मोरङ च्याप्टर’की अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य महिला उद्यमीले तयार पारेका हस्तनिर्मित सामग्रीलाई प्रवद्र्धन गर्ने र पारम्परिक चाडपर्वको अवसरमा स्थानीय उत्पादनको बजार विस्तार गर्ने रहेको छ ।

    “हाम्रा सीप नै हाम्रा उद्यमशीलताका परिचय हुन्, तिनलाई निरन्तर रूपमा उन्नत र सशक्त बनाइराख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “प्रदर्शनीलाई महिलाको सिर्जनात्मकता, सीप र आत्मविश्वासलाई एउटै मञ्चमा ल्याउने प्रयासका रूपमा लिएका छौँ ।”

    प्रदर्शनीबाट उद्यमी महिलालाई बजारमा कुन उत्पादनको बढी माग छ भन्ने मूल्याङ्कन गर्न, नयाँ कुरा सिक्न र आफ्ना उत्पादनमा सुधार ल्याउन सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । प्रदर्शनीमा जुट, ऊन, रेशम, पात, गोबरका सामग्री, मैनबत्ती, मणिको काम, लोकता उत्पादनलगायतका वस्तु राखिएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.