सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाका प्रशासन लहानबाट राहदानी सेवा पुनः नियमित


  •    न्युजभित्तो/२८ आश्विन २०८२, मंगलवार १२:०० 
  • सिरहा, २८ असोज । यहाँको लहानस्थित इलाका प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको राहदानी सेवा पुनः नियमित गरेको छ । कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुनः जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो ।

    “अब नियमित रूपमा राहदानी सेवा दिन थालिएको छ”, उहाँले भन्नुभयो, “राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिङ्क रहेको इन्ट्रानेट जडान भएपछि सेवा पुनः सुरु भएको हो ।” तर सोमबार ‘वेब साइट’मा प्राविधिक समस्या देखिएकाले सो दिन पूर्ण सेवा दिन नसकिएको जनाउँदै उहाँले आजबाट भने पूर्ण रूपमा सेवा सुरु हुने जानकारी दिनुभयो ।

    प्रमुख खनालका अनुसार अहिले शाखाबाट दैनिक ५० जनालाई सेवा दिने व्यवस्था गरिएको छ । सेवा सञ्चालनसँगै अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य सुरु भएको छ । “यदि सेवाग्राहीले अनलाइन फर्ममा दिएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मिल्यो भने सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी पठाइनेछ”, उहाँले जानकारी दिनुभयो ।

    जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि भने इलाकाले असोज ५ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिसकेको थियो । कार्यालयका शाखा अधिकृत सन्तोष रायका अनुसार अहिले दैनिक करिब ७० जनासम्मको विवरण दर्ता गर्नेगरी सेवा प्रवाह भइरहेको छ, जुन आन्दोलनअघि करिब डेढ सय जनासम्म पुग्ने गरेको थियो ।

    उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब रु १५ लाखबराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाको १२, १३, १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं वडासहित लहान नगरपालिकाको १ देखि २४ नं वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.