सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सैन्य आधार तालिमको दीक्षान्त


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार १६:३८ 
  • चितवन, २७ असोज । श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आज यहाँ सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।
    सो अवसरमा कोशी प्रदेशका ४१, गण्डकी प्रदेशका तीन, कर्णाली प्रदेशका ३१ र सुदूरपश्चिम प्रदेशका २९ गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले नौ महिनाको कठोर तालिमपश्चात् आज एक समारोहबीच शपथ लिएका हुन् । सो अवसरमा राष्ट्रको मेरुदण्ड सेना भएको भन्दै सेनाको मेरुदण्ड तालिम प्राप्त अनुसाशित तथा कर्तव्यनिष्ठ सिपाही भएको वाहिनीपति बानियाँले बताउनुभयो । 
    राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म भएको उहाँले बताउनुभयो ।
    गणका गणपति प्रमुख सेनानी दिनेश लामाले कठोर मेहनतका साथ तालिम प्राप्त सिपाहीहरुले नेपालभर छरिएर रहेका विभिन्न युनिटमा नियुक्त भई देश र जनताप्रति समर्पित रही सेवा गर्ने अठोटका साथ परिचालन हुने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.