सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार १५:०३ 
  • चितवन, २७ असोज । दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।
    सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दूध र मखन मौज्दात रहेको छ । त्यसका कारण भुक्तानीमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर मौज्दात घटाउँदै लगेका छौँ ।” भदौ मसान्तसम्ममा रु ८६ करोडको मौज्दात रहेकामा अहिले यसलाई घटाइएको हो । दसैँको समयमा मात्रै २०० मेट्रिकटन धुलो दूध र मखन बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । देखिएको समस्यामा सुधार हुँदै गरेको उहाँको भनाइ थियो ।  
    किसानको रु ८५ करोड संस्थानले तिर्नुपर्ने बक्यौता रहेकामा यो महिनासम्ममा रु ३२ करोड हाराहारी भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । हरेक महिनामा सोही अनुसार भुक्तानी गरेर गरेर माघ÷फागुनसम्ममा नियमित भुक्तानी हुने व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
    केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उहाँले बताउनुभयो । भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् । तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उहाँको भनाइ थियो ।
    सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ । 
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र  निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताउनुभयो । जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो । रँसस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.