सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँका न्यायिक समितिमा दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याइँदै


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार १३:१३ 
  • दमौली (तनहुँ), २७ असोज । यहाँका स्थानीय तहमा रहेको न्यायिक समितिले दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । जिल्लाका नगरपालिका र गाउँपालिकामा रहेका न्यायिक समितिले मेलमिलापका माध्यमबाट मुद्दाको किनारा लगाउँदै आएको छ । यसले गर्दा दुवै पक्षलाई जितको महसुस गराउन सकिएको बताइएको छ ।
    सदरमुकामस्थित व्यास नगरपालिकामा गत आर्थिक वर्षमा ११६ मुद्दा दर्ता भएकामा ८८ मुद्दा फछ्र्योट भएका छन् । न्यायिक समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले मेलमिलापका माध्यमबाटै मुद्दाको छिनोफानो गर्दै आएको उल्लेख गर्नुभयो । दरैले भन्नुभयो, “न्यायिक समितिमा मुद्दा दर्ता भएपछि दुवै पक्षसँग छलफल गर्छौं, दुवै पक्षलाई जितको आभाष दिलाउन मेलमिलापको नीति लिएका छौँ ।”
    नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलो पानी, जग्गा खिचलो, महिला हिंसालगायतका मुद्दा दर्ता हुने गरेका छन् । नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना गरिएको दरैले बताउनुभयो । दरैले भन्नुभयो, “सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ ।” 
    बन्दीपुर गाउँपालिकामा १७ मुद्दा दर्ता भएकामा ११ वटा फछ्र्योट भएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो । उहाँले दुवै पक्षलाई हारको महसुस नहुनेगरी विवाद समाधानलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 
    भिमाद नगरपालिकामा २६ मुद्दा दर्ता भएकामा २३ मुद्दा फछ्र्योट गरिएको उपप्रमुख एवं न्यायिक समितिका संयोजक शारदा खनालले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक गिनुमाया थापाका अनुसार पालिकामा १६ मुद्दा दर्ता भएकामा चार मुद्दा फछ्र्योट भएका छन् । शुक्लागण्डकी नगरपालिकामा ७९ मुद्दा दर्ता भएकामा ४७ मुद्दा फछ्र्योट भएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । 
    घिरिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक राधादेवी अधिकारीले पालिकामा १३ मुद्दा दर्ता भएकामा छ मुद्दा फछ्र्योट भएको उल्लेख गर्नुभयो । भानु नगरपालिकामा ६० मुद्दा दर्ता भएकामा ४४ मुद्दा फछ्र्योट भएको उपप्रमुख उमा गोतामले बताउनुभयो । 
    स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखका संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ । 
    स्थानीयस्तरमा शान्ति, सौहाद्र्र र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पु¥याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवाधिकार र नागरिक हितको संवद्र्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.