सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार ११:५२ 
  • कञ्चनपुर, २७ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ ।

    स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार बर्थिङ सेन्टरमा हरेक दिन चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “दुर्गम र सीमावर्ती क्षेत्र भएकाले महिलालाई टाढा अस्पताल लैजान कठिन हुने हुँदा यहाँका गर्भवती महिलाले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् ।”
    चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पालै–पालो खटाइने भएकाले चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने उहाँको भनाइ छ । लालझाडी गाउँपालिका मात्र नभइ शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका गर्भवती सुरक्षित सुत्केरी सेवाका लागि देखतभूली स्वास्थ्य चौकीमा आउने गरेका छन् । स्वास्थ्य चौकीको वार्षिक तथ्याङ्कअनुसार चालु आवको हालसम्म एक सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूतिसेवा केन्द्रमार्फत लिएका छन् । मातृ तथा शिशु मृत्यु दर शून्य रहेको यस क्षेत्रमा घरमै सुत्केरी हुने कार्य पूर्णरूपमा अन्त्य भएको प्रमुख झाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रसूति सेवा नियमित र गुणस्तरीय भएको कारण महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने प्रवृत्तिमा जोड दिइरहेका छन् । यसले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।“घरमै सुत्केरी हुने चलन समाप्त हुनु सिङ्गो समुदायको स्वास्थ्य सचेतनाको उपलब्धि हो,” उहाँले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी र वडाका भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुनेकार्य बन्द भएको छ,अब हाम्रो लक्ष्य सुरक्षित प्रसूतिसँगै मातृ स्वास्थ्यको थप सुदृढीकरण गर्ने हो ।”

    उहाँका अनुसार बर्थिङ सेन्टरमार्फत जन्मिने शिशुमध्ये बालिकाको सङ्ख्या बालकको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ । यसले महिलामाथिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि सङ्केत गर्छ । स्थानीय महिलाले सेवा पाउँदा राहत महसुस गरेको बताउँदै देखतभूलीका बन्तो रानाले भन्नुभयो “पहिले बर्थिङ सेन्टर नहुँदा धेरै जनाले जोखिम मोल्दै असुरक्षित तरिकाले घरमै सुत्केरी हुन्थ्ये, केही टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो, अहिले घर नजिकै सुरक्षित प्रसूति सेवा पाइन थालेपछि निकै सहज भएको छ ।”

    लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखतभूली स्वास्थ्य चौकी उदाहरणीय बनेको छ । मातृ तथा शिशु मृत्यु दर शून्य, घरमै सुत्केरी हुने प्रथा समाप्त र २४ घण्टे सेवा निरन्तर सञ्चालन हुनु यस क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.