सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घर आँगनकै फुलबाट नगद आर्जन गर्दै स्थानीय


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार ११:३८ 
  • महोत्तरी, २७ असोज । तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको पूmल नगद आर्जनको स्रोत बनेको छ । 
    पूmल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट पूmलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् । “के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, ब्यापारीले अहिले नै एक हजार बैना थमाएर गए”, भङ्गाहा–५ राजपुरकी गृहिणी हरिप्रिया महतो भन्नुहुन्छ, “हैन, यो पूmल दिपावलीताका फुल्ने गरी  लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ ।” 
    पूmल लिन आउँदा अझै एक हजार दिने बोलकवोल ब्यापारीले गरेका उहाँको भनाइ छ । “पूmलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरै आएर व्यापारीले पैसा दिँदैछन्”, हरिप्रियाकै छिमेकी रामवती चौधरी भन्नुहुन्छ, “अहिले यही पैसाले मेरो बटुवा ९कपडाको सुर्के थैली० धनी भएको छ ।” आफ्नो घरआँगन र करेसाका करिब ६०÷६५ बोट सयपत्री र १५÷१६ वटा मखमली पूmलबाटै दुई हजार प्राप्त गरेको उहाँले बताउनुभयो । आगामी वर्षको दिपावलीताकालाई २०० बोट पूmल फुलाउने चौधरीको धोको छ ।
    मिथिलामा दीपावली थरिथरिका पूmलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ ।  यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि पूmल खोज्दै बस्ती÷बस्ती पस्ने ब्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।
    जिल्लामा पूmलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यस्को सम्भावना रहेको कृषि विज्ञ बताउँछन् । दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतो बताउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.