सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो


  •    न्युजभित्तो/२६ आश्विन २०८२, आईतवार १६:२५ 
  • वीरगञ्ज (पर्सा), २६ असोज । हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो । 
    बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले हैजा महामारीविरुद्धको औषधि पर्साका एक वर्ष उमेर माथिका सबैलाई खुवाउनका लागि अनुरोध गर्नुभयो । “पर्सामा हैजाको महामारी र वर्षापछिको डुबानको कारणले पनि हैजाको उच्च जोखिम रहेकाले पनि सबैले हैजाविरुद्धको प्रतिकार्य खोप अभियानमा सरिक जनाउनका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “मुखबाट खुवाइने भएकाले सुरक्षित र भरपर्दो भएकाले पनि ढुक्क भएर सेवन गर्नका लागि अनुरोध गर्दछौँ ।”
    डा गौतमले हैजाको औषधि खाएर मात्रै पर्याप्त नहुने भएकाले आफ्नो घरवरपर सरसफाइ र सफा तथा स्वच्छ पानी पिउनका लागि पनि विशेष अनुरोध गर्नुभयो । नारायणी अस्पताल वीरगञ्जका डा मनोजकुमार गुप्ताले पनि हैजाविरुद्धको औषधिले गम्भीर प्रकृतिको कुनै पनि ‘साइड इफेक्ट’ नपार्ने भएकाले पनि सर्वसाधारण सबैले खाएर सहयोग गर्नका लागि आह्वान गर्नुभयो ।
    “हैजाको खोप विश्वसनीय प्रकृतिको भएकाले पनि कुनै पनि आशङ्का  गर्नुपर्दैन्, यसले स्वास्थ्यलाई फाइदा नै पु¥याउनेछ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले यहाँ देखिएको हैजाको सङ्क्रमण न्यूनीकरण र यहाँका जनतालाई सुरक्षित गराउनको लागि पनि खोपको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 
    भदौको पहिलो साता पर्सामा हैजाको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पर्सामा करिब छ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप खुवाइने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले यो अभियान आजदेखि आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
    प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक औषधि दिइनेछ । यो मुखबाट खुवाइने खोपयुक्त औषधि हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो औषधि एक वर्षभन्दा माथिका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधि दिन सकिने जनाइएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.