चितवन, २६ असोज । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता नारायण ढुङ्गानालाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय पिता अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका–८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव राजेश घिमिरेले जानकारी दिनुभयो । स्वर्गीय अक्षकुमारका श्रीमती, पाँच छोरा र छ जना छोरी हुनुहुन्छ । राससकर्मी ढुङ्गाना कान्छा सुपुत्र हुनुहुन्छ । रासस