सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण


  •    न्युजभित्तो/२६ आश्विन २०८२, आईतवार ११:५४ 
  • दमौली (तनहुँ), २६ असोज । यहाँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासी संरक्षण गरेका छन् । स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीले उक्त कम्पाउण्ड मर्मत गरेका हुन् ।

    विसं २०३६ मा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिनुभयो । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाँडी भएपछि स्थानीयवासीले झाँडी सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली भनेर गर्व गर्न सक्ने आँट र साहस भानुभक्त आचार्य हुन् । तर भानुभक्त आचार्यको महत्व सरकारले बुझ्न सकिरहेको छैन ।”

    स्थानीय आमाबुबा, युवायुवती भेला भएर सरसफाइ र कम्पाउण्ड मर्मत गरिएको आचार्यले उल्लेख गर्नुभयो । भानुभक्त आचार्यको नाममा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि उक्त समितिले चासो नदिँदा यस ठाउँको दयनीय अवस्था भएको आचार्यको गुनासो छ । उहाँले भन्नुभयो, “सम्बन्धित निकायले गरेन भनेर हामी टुलुटुलु हेरेर बस्ने अवस्था छैन, स्थानीयवासी जाग्नैपर्छ ।”

    भानुभक्त जन्मस्थल विकास समिति यसअघि सङ्घीय सरकारमातहत रहे पनि केही समय अगाडि उक्त समिति स्थानीय तहमा गाभिएको छ । उक्त समितिले भानुभक्त आचार्यको जन्मथलोको विकास र प्रचारप्रसारमा जति काम गर्नुपथ्र्यो त्यति हुन नसकेको आचार्यको दुःखेसो छ । भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.