सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’


  •    न्युजभित्तो/२३ आश्विन २०८२, बिहीबार १६:३८ 
  • काठमाडौँ, २३ असोज । विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरेको हो ।

    सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत् निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिनुभयो ।

    सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरुले स्थानीय प्रहरी कार्यालयहरुसंगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् । उहाँले भन्नुभयो, “हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौ । हाम्रो सुरक्षामा खटिने उहाँहरुको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ । यसैले यस पटक प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ ।”’

    संघका अध्यक्ष प्रा।डा।चेतराज पन्तले सर्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उहाँहरुको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपाल प्रहरी अग्रभागमा रहेर आम जनतासंग जोडिएको हुन्छ । यदि हामीले उहाँहरुलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसंग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामिले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम संचालन गर्यौ । ”
    सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेका थिए । विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ ।

    यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु ९संघिय, प्रदेश तथा स्थानीय सरकार, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु० लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ । साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

    विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस९आइएपिबी० ले संयुक्त रुपमा यो दिवस मनाउन सुरुआत गरेका थिए । यस वर्ष ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
    • हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्: आरोही पासाङ दावा शेर्पा
    • प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
    • भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
    • वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.