सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नियमित आँखा परीक्षणले दृष्टि जोगाउन सकिन्छ


  •    न्युजभित्तो/२३ आश्विन २०८२, बिहीबार १६:२२ 
  • चितवन, २३ असोज । आँखाको दृष्टि जोगाउन निजयमित परीक्षण आवश्यक रहेको चिकित्सकले बताएका छन् । नियमित आँखाको परीक्षणले आँखामा हुने समस्या पहिचान गर्न सकिने भएकाले दृष्टि जोगाउन सहज हुने नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी डाक्टर कुमुदिनी सुवेदीले बताउनुभयो ।

    विशेष गरी बच्चाहरुको आँखामा थाहा नै नभइ दृष्टि कमजोर हुने गरेकाले उनीहरुको आँखा परीक्षण समयमानै गर्नुपर्ने हुन्छ । समयमानै आँखाको परीक्षण गरेर चस्माको प्रयोग गर्न सकेमा दृष्टि जोगाउन सकिने उहाँले बताउनुभयो । आँखामा हुने मोतियाविन्दु, मधुमेह, जलविन्दु जस्ता समस्याले आँखाको दृष्टि गुम्ने भएकाले यी रोग पत्ता लगाउनका लागि पनि नियमित परीक्षण आवश्यकपर्ने हुन्छ । नेपालीहरुमा- दशमलब ३५ प्रतिशत दृष्टिविहीन रहेको बताउँदै उहाँले यसलाई सानै उमेरमा उपचार गर्न सके अन्त्य गर्न सकिने बताउनुभयो । ३ प्रतिशितले विभिन्न कारणले दृष्टि गुमाउने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह भएका व्यक्तिमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । मधुमेहले आँखाको रेटिनामा आक्रमण गरी दृष्टि गुमाउने गरेको उहाँले बताउनुभयो ।

    चालीस वर्ष कटेपछि सबैले नियमित आँखाको परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ । “यो उमेर कटेपछि जलविन्दुको समस्या बढी देखिने गर्दछ ।” उहाँले भन्नुभयो । उमेर बढेपछि मोतियाविन्दुको समस्या बढ्ने गर्दछ । यसका लागि पनि नियमित परीक्षण आवश्यक हुने गरेको उहाँले बताउनुभयो । दृष्टि जोगाउनका लागि आफ्नो आँखाको माया गर्नुपर्ने हुन्छ । जसले गर्दा समयमानै रोग पत्ता लागेमा उपचारको माध्यमबाट दृष्टि जोगाउन सकिने सुवेदीको भनाइ छ । आँखाको नानिमा हुने समस्यालाई सामान्य रुपमा लिन नसकिने उहाँले बताउनुभयो । यसले गर्दा आफ्नो संसार नै अध्यारो बन्न सक्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.