सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सगरमाथा चौधरी आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’को हब बनाउन सुझाव


  •    न्युजभित्तो/२३ आश्विन २०८२, बिहीबार १४:०३ 
  • सिरहा, २३ असोज । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ ।

    कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीकोे सहभागी रहेको थियो । स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण तथा आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सशस्त्र प्रहरी बल सिरहाका उपरीक्षक नरेश भण्डारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

    सो अवसरमा प्रजिअ अधिकारीले सगरमाथा चौधरी आँखा अस्पतालले ं स्वदेशी तथा विदेशी बिरामीको सफल उपचार गरी राष्ट्रको गौरव बढाएको बताउनुभयो । उहाँले अस्पतालले आगामी सय वर्षलाई लक्षित गर्दै दीर्घकालीन योजना बनाएर ‘मेडिकल टुरिजम’को हब बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अस्पतालद्वारा प्रदान गरिँदै आएको सेवा र विस्तार योजनाको बारेमा जानकारी गराउनुभएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.