सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु


  •    न्युजभित्तो/२३ आश्विन २०८२, बिहीबार १२:१९ 
  • त्रिशूली (नुवाकोट), २३ असोज । हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ ।
    वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो । त्यसका लागि प्रत्येक स्थानीय तहको वडा कार्यालयमार्फत किसानलाई कृषि बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।
    बाढी, पहिरो र डुबानले कृषि बालीमा ठूलो क्षति पुगेको जनाउँदै जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाले वडा कार्यालयमार्फत बाली क्षतिको विवरण लिन थालेको हो । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले नुवाकोटमा रहेका बाह्रवटै पालिकाले बर्सातका कारण पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरेका बताउनुभयो । यथार्थ विवरण प्राप्त भएमा क्षति ब्यहोरेका किसानलाई राहत दिनका लागि बजेटको स्रोत नभए पनि कुनै विशेष कार्यक्रममार्फत विभिन्न निकायबीच समन्वय गरी आवश्यक पहल गरिने उहाँको भनाइ छ ।
    विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले किसानले आफ्नो बालीमा पुगेको क्षतिको विवरण, बालीको प्रकार, क्षेत्रफल, अनुमानित नोक्सानी र क्षतिको कारण उल्लेख गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको जानकारी दिनुभयो । 
    उहाँका अनुसार बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी गरिएको छ । “वर्षाका कारण किसानले खेतबारीमा लगाएका धान, कोदो, तरकारी, फलफूललगायत बालीमा ठूलो क्षति पु¥याएको छ । यसबाट किसानले ठूलो नोक्सान ब्यहोरेका छन् । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि कृषकलाई राहत, क्षतिपूर्ति, अनुदान तथा पुनः लगानी गर्न सक्ने कार्यक्रम सञ्चालन गर्नेछौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.