सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा


  •    न्युजभित्तो/२२ आश्विन २०८२, बुधबार १२:४१ 
  • म्याग्दी (बेनी), २२ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा पठाउन हुन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो । वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

    म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहनुभएका सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो । “अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ”, उहाँले भन्नुभयो ।

    बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्रमा दूध सङ्कलन गर्ने र ५०० लिटर बढी दूध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ । मङ्गलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ ।

    मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकलाई १५÷१५ दिनमा दूधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । “गाईको दूधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दूध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यी सबै समस्याको समाधान भएको छ”, वडा अध्यक्ष खड्काले भन्नुभयो । गाईको दूधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ । सिंगामा यसअघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दूध सङ्कलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.