सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सानेपामा आज पौडेल पक्षका जिल्ला सभापतिको छुट्टै भेला, पुग्ला त देउवालाई दबाब ?


  •    न्युजभित्तो/२१ पुष २०७६, सोमबार १२:०३ 
  • काठमाडौँ । गएको शनिबार चितवन पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाप्रति चर्को असन्तुष्टी पोख्नुभयो । उहाँले पछिल्लो पटक पार्टी सभापतिले एकलौटी ढङ्गले निर्णय गर्नुभएको र त्यसलाई सच्याए मात्र पार्टी एक हुने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दैै पौडेलले ‘सभापतिले एकलौटी रुपमा पुस ११ गते गरेको निर्णय’ सच्याउनुपर्ने बताउनुभयो ।

    वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको कार्यशैलीप्रतिसमेत तीब्र असन्तुष्टी जनाउनुभयो । उहाँले भन्नुभएको थियो– ‘मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ ।’

    पौडल समूहको बहिष्कारका बीच नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारीहरुको म्याद एक वर्ष थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेपछि पौडेल पक्षले तीब्र असन्तुष्टी जनाउँदै आएको छ । सोही असन्तुष्टीकाबीच पौडेल पक्षले आज सभापति शेरबहादुर देउवालाई दबाब दिन पार्टी केन्द्रीय कार्यालय, सानेपा ललितपुरमै पार्टीका जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

    अपरान्ह बोलाइएको भेला सहभागी जिल्ला सहभागीहरु आउने क्रम जारी रहेकोले शुरु गर्ने तयारी गरिएको बताइएको छ । पौडेल पक्षले आज गर्न लागेको जिल्ला सभापतिहरुको भेलामा सिटौला पक्षका जिल्ला सभापतिहरुको पनि उपस्थिति रहने पौडेल पक्षको अपेक्षा छ । ७७ मध्ये ५० भन्दा धेरै जिल्लाका सभापतिहरु सहभागी हुने पौडेल पक्षको अपेक्षा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.