सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई बधाई


  •    न्युजभित्तो/२१ श्रावण २०८२, मंगलवार ११:५८ 
  • काठमाडौँ, २० साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्नुभएको छ “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।” परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसक्नुभएका विद्यार्थीहरूलाई पनि सान्त्वना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले असफलता अन्त्य होइन, नयाँ सुरुआतको अवसर हो । अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताउनुभएको छ ।

    उहाँले लेख्नुभएको छ, “शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवनलाई उज्यालो बनाउँदै लैजानु हुनेछ भन्ने आशा राख्दछु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.