सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियुले पूर्णता पायो, साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्य


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार १३:५३ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन ।

    यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ । साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् । अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिएको हो ।

    नवगठित कमिटीमा १११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिनुभयो । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

    निर्वाचन आयोगमा संयोजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहनुभएको छ । नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय युवासङ्घ, प्रेस सङ्गठन नेपाल, इञ्जिनीयरिङ एशोसिएशन, निर्माण व्यवसायी सङ्गठनले समेत पूर्णता पाइसकेको छ ।

    अनेरास्ववियुका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको जानकारी दिनुभयो । अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ ।

    उहाँले अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । अनेरास्ववियुले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.