सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक


  •    न्युजभित्तो/२८ कार्तिक २०७६, बिहीबार १९:४० 
  • काठमाडौँ । मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालको शहरी क्षेत्रमा दिनदिनै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    अस्वस्थ्यकर खानपान, व्यायाम तथा बदलिँदो समयसँगै काम गर्ने जीवनशैलीमा परिवर्तन, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, समय समयमा चिकित्सककहाँ स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण शहरी क्षेत्रमा मधुमेहका बिरामी तथा मोटोपनको समस्यामा वृद्धि भएको उहाँहरुको धारणा थियो । काठमाडौँका विभिन्न विद्यालयमार्फत विद्यार्थी तथा सम्बन्धित परिवारसम्म मधुमेहबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मधुमेह रोगको नियन्त्रणमा प्रधानाध्यापकको भूमिका’ विषयक विचार गोष्ठीमा काठमाडौँ महानगरपालिकाभित्रका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक सहभागी थिए।

    गोष्ठीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मधुमेह समाजले ५३ वर्षदेखि मधुमेहसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि रोग घट्नुको साटो बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । रोगलाई सके निर्मूल गर्ने, नसके न्यूनीकरण गर्नेतर्फ सरकार, कामपा, स्वास्थ्यसँग सम्बद्ध संस्था तथा जनसमुदायको हातेमालो आवश्यक भएको उहाँको भनाइ थियो । कामपाका कार्यकारी निर्देशक केदार न्यौपानेले महानगरपालिकाले समाजसँग सहकार्य गरी मधुमेह नियन्त्रण गर्न सहयोगीको भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो ।

    नेपाल मधुमेह समाजका अध्यक्ष शिव श्रेष्ठले मधुमेहले काठमाडौँ तथा देशभर नै प्रभावित पारेको बताउनुभयो । बिलासिता जीवन र खानपानमा ध्यान नदिँदा मुधमेह रोगीको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । समाजका वरिष्ठ सदस्य एवं कार्यक्रम संयोजक डा चुन्दा बज्राचार्य, समाजका संस्थापक अध्यक्ष मृगेन्द्रराज पाण्डे, मधुमेह तथा थाइराइड विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठ र खाद्य प्रविधि विशेषज्ञ आलोक श्रेष्ठले कारखानाबाट प्रशोधित भई उत्पादन भएका खाद्यवस्तुको सेवन यो रोगको प्रमुख कारण भएकाले विद्यालय क्षेत्र तथा परिवारभित्र ‘जङ्कफुड’ तथा ‘अल्ट्राप्रोसेस्ड’ खानेकुराको प्रयोगमा कमी ल्याउन सुझाव दिनुभयो । हाडरोग विशेषज्ञ डा शैलाज रन्जितकार, तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटका नेत्ररोग विशेषज्ञ डा इली प्रधान र मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुलाई स्वस्थ्य राख्न मधुमेह लाग्न नदिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.