सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी


  •    न्युजभित्तो/२७ जेष्ठ २०८१, आईतवार १३:४८ 
  • नेपालगञ्ज, २७ जेठ । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ ।

    लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिनुभयो ।

    उहाँले गर्मीले मौरीको प्रजनन क्षमता पनि कमजोर हुने जनाउँदै जिल्लाको कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको दृश्यावलोकन स्तम्भमा तीन जना मौरीपालक कृषकका एक सय घार मौरीको बासस्थान निर्माण गरिएको बताउनुभयो ।

    मौरीपालक कृषक बस्नेतले गर्मीबाट बचाउन मौरीलाई धेरै मेहनत गर्नुपर्ने जनाउँदै शीतल स्थान र खानेपानीको व्यवस्थापन जरुरी भएको र गर्मीका कारण मौरीलाई सकस छ, त्यसैले फूलमा आहार लिन जान पनि सक्दैनन् र मौरीको चाका पनि पग्लने डर हुन्छ”, उहाँले भन्नुभयो ।

    कोहलपुरका केही मौरी पालक कृषकले गर्मी छल्न सुर्खेत आसपासका पहाडी जिल्लामा पनि मौरीको बासस्थान बनाएका छन् । खासगरी जेठ, असार, साउन र भदौ महिनामा धेरै गर्मी हुने भएकाले मौरीका लागि शीतल स्थानको खोजी हुने गर्छ ।

    मौरीपालक कृषक बस्नेतले सामुदायिक वनमा जामुन, खयर भर्लोलगायत विभिन्न प्रजातिका रुखबिरुवा फुलेका र त्यसबाट केही आहारा मौरीले लिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “अहिले धेरैजसो कृत्रिम आहारा मौरीलाई दिनुपर्छ, चिनी र चास्नीको घोल बनाएर दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    बस्नेतले विदेशमा जस्तै नेपालमा पनि प्रविधि भित्र्याएर मौरीलाई शीतलता दिन सकिनेमा जोड दिँदै गर्मीले अहिले सबैभन्दा बढी प्रभाव मौरीलाई परेको बताउनुभयो । “पानी नपरुञ्जेलसम्म मौरीलाई शीतलतामा राख्छौँ, पानी परेपछि घर लैजान्छौँ”, बस्नेतले भन्नुभयो ।

    कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले कृषक नै अहिले धेरै सचेत भएको उल्लेख गर्दै मौरीलाई गर्मीबाट बचाउने छुट्टै प्रविधि नभएको बताउनुभयो । जिल्लाको कोहलपुरबाहेक खजुरा, वैजनाथ, राप्तीसोनारीलगायत पालिकामा कृषकले मौरीपालन गरेका छन् । केही कृषकले रैथाने जातको मौरी पालेका छन् । एउटा कृषकले उपकरणसहित न्यूनतम रु चार लाखदेखि रु १० लाखसम्म मौरीपालनमा लगानी गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.