सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जन्मदिनको अवसरमा पत्रकार गौतमले गरे चौतारी भवन निर्माणमा आर्थिक सहयोग


  •    न्युजभित्तो/२४ जेष्ठ २०८१, बिहीबार २१:२२ 
  • चितवन, २४ जेठ । जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

    सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो । प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं गौतमले भवन प्रेस चौतारीका लागि मात्रै नभई देशभरका पत्रकारहरुको लागि गौरवको विषय हुने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा गौतमले बताए । पत्रकार गौतमले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आनन्द लाग्ने बताए ।

    प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने गौतमलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । पत्रकार गौतमले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ ।

    भवनको तेस्रो तला ढलान गरिसकिएको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.