सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा सरसफाई तथा वृक्षरोपण


  •    न्युजभित्तो/२३ जेष्ठ २०८१, बुधबार १६:३१ 
  • भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षरोपण गरेर उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताउनुभयो । ‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाई थियो ।
    भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

    विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पार्नुभयो । ‘भरतपुर प्रकृतिको धनी सहर हो, उहाँले भन्नुभयो,‘दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ । अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरुरी छ । नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ।’

    कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । दिवसको अवसरमा बुधबार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.