सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केरा उत्पादक किसानले पाउँदैनन् समयमै बिमा रकम


  •    न्युजभित्तो/२३ जेष्ठ २०८१, बुधबार १४:१९ 
  • चितवन, २३ जेठ । केराखेतीका लागि अग्रणी जिल्लाको रूपमा चिनिने चितवनमा प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको छ । किसानहरूका अनुसार गत शुक्रवार र शनिवार आएको हावाहुरीले चितवनका विभिन्न स्थानका केराखेतीमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।

    “बर्सेनि प्राकृतिक विपद्का कारण केराखेतीमा क्षति हुने गरे पनि किसानले बिमा गरेको रकम समयमा पाउने गरेका छैनन्,” नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भने। पछिल्लो हावाहुरीले चितवनको खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्रका किसानको करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

    केराखेती गर्ने किसानहरूलाई कृषि मन्त्रालयले ८० प्रतिशत प्रिमियम अनुदान दिने गरेको छ भने किसानले २० प्रतिशत प्रिमियम बुझाउने गरेका छन्। तर गत वैशाखमा चार करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बिमा रकममध्ये २ करोड ५० लाख रुपैयाँ अझै किसानहरूले नपाएको अध्यक्ष पन्तले बताए।

    किसानहरूले अहिले पनि ६० करोड रुपैयाँ बराबरको बिमा गरेका छन्। बिमा कम्पनीले प्रतिबोट २७५ लागत मूल्य तोकेर बिमा गर्ने गरेका हुन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार बिमा गरेको पहिलो तीन महिनामा क्षति भए ५५ प्रतिशत, चारदेखि ६ महिनामा ६५ प्रतिशत, ७९८ महिनामा ७५ प्रतिशत र नौदेखि १२ महिनामा क्षति भए शतप्रतिशत क्षतिपूर्ण दिनेगरी बिमा गर्ने गरिएको छ।

    केराबारीमा क्षति भएको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था रहेको छ। गत वर्षका ४०र४५ जना किसानले क्षतिपूर्ति वापत बिमा रकम नपाएको गुनासो किसानहरूको छ। बिमा कम्पनीबाट २० लाख रुपैयाँ पाउनुपर्नेमा अहिलेसम्म नपाएको किसान ऋषि गुरुङले बताए।

    क्षतिपूर्ति नपाउँदा जग्गा भाडा वापत लिएको ब्याज र मल किन्न समेत समस्या भएको बताए। बिमा कम्पनीमा पैसा माग्न जाँदा सरकारले तिर्नुपर्ने रकम जम्मा नगरेको कारण भुक्तानी दिन नसकेको बताउने गरेको उनले सुनाए। “सरकारले पैसा जम्मा गर्ने बित्तिकै तपाईँहरूले पैसा पाउनुहुन्छ भनेर बिमा कम्पनीले बताउने गरेका छन्,”अर्का किसान बिष्णु भट्टराईले भने। “यही अवस्था रहे केरा उत्पादक किसानहरू पलायन हुने अवस्था आउँछ।”

    सरकारले किसानलाई दिने ८० प्रतिशत अनुदान बिमा कम्पनीले समयमा पाउने गरेका छैनन्। “त्यो रकम समयमा नपाउँदा हामीले पनि समयमा दिन नसकेका हौँ भनेर बिमा कम्पनीहरूले भन्ने गरेका छन्,” बिमा प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक निर्मल अधिकारीले भने। “किसानले पाउने बिमा रकममा ढिलाइ हुनुमा अन्य कुनै कारण होइन, सरकारले प्रिमियम रकम नै समयमा उपलब्ध नगराउनु रहेको छ,” उनले थपे। पछिल्लो हावाहुरीले क्षति पुर्‍याएको केराखेतीको विवरण लिने काम शुरू भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.