सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यौन दुर्व्यवहारको आरोप लागेपछि निर्मल पुर्जाको प्रतिक्रियाः कानुनी उपचार खोज्छु


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार ११:५८ 
  • काठमाडौं, २० जेठ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

    काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबरजस्ती वस्त्रहरू खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

    तर लोताले गत डिसेम्बरमा प्रकाशन गरेको बायोग्राफी ‘द माउन्टेन्स अफ माइ लाइफ २’मा उनले यस्तो आरोपको पहिलो पटक खुलासा गरेकी थिइन् । पुस्तकमा उनले एक चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरे पनि पुर्जाको नाम भने खुलाएकी थिइनन् । बिहीबार मे ३१ मा प्रकाशित न्युयोर्क टाइम्सको समाचारमा भने पुर्जाको नाम किटान गरेर उनले आरोप लगाएकी छन् ।

    पुर्जाले भने आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । लोता हिन्स्टालगायतको आरोप आरोप झुटो भएको दाबी गर्दै उनले यसविरुद्ध कानुनी विकल्प खोज्ने बताएका हुन् । पुर्जाले आफ्नो इस्टाग्राम ‘निम्सदाइ’को स्टोरीमा पोस्ट गर्दै उनले उक्त पत्रिकालाई यसअघि नै उक्त आरोप साँचो नभएको प्रमाण दिएको जिकिर पनि गरेका छन् । उनले समाचारमा धेरै तथ्य गल्ती रहेको दाबी गरेका छन् । यस विषयमा एकदिन सत्यतथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.