सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विगत ३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन


  •    न्युजभित्तो/१८ जेष्ठ २०८१, शुक्रबार १३:५६ 
  • दाङ, १८ जेठ । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । जेठको चर्को घाममा पनि उहाँ मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आउनुभएको हो ।

    हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उहाँलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताउनुभयो । “प्रतिगोटा रु २५ ले बेच्दा रु १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । यही कामबाट भएको आम्दानीले आफूसहित पाँच जनाको जीविकोपार्जन भइरहेको उहाँले जानकारी दिनुभयो ।

    घर्तीले भन्नुभयो, “उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।” सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा रु दुई÷चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उहाँको अनुभव छ ।

    गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट हुनुहुन्छ । उहाँ बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जानुहुन्छ भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । दैनिक रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

    घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताउनुभयो । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उहाँको भनाइ छ ।

    “उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु”, उहाँले भन्नुभयो, “मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।”

    आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताउनुभयो । आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उहाँको अनुभव छ । दैनिक ६०र६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उहाँले रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने जानकारी दिनुभयो ।

    पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गर्नुभयो । आफू पनि हरेक दिन खाजा खाने समयमा उहाँले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उहाँले बताउनुभयो । यति धेरै गर्मीको समयमा पनि उहाँहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.