काठमाडौं, १८ जेठ । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४।१ र नेपालगन्जमा ४४।२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो।
शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। त्यस्तै धनगढी र नेपालगन्जको तापक्रम जेठ १२ गतेदेखि ४० डिग्री सेल्सियसभन्दा माथि छ।