काठमाडौं, १७ जेठ । अन्तर्वार्ताको लागि क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले बोलाएको छ । भिसा दिने वा नदिने सम्बन्धमा दूतावासले सन्दीपलाई आज अन्तर्वार्ताको लागि बोलाएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर सन्दीपलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका थिए ।
आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ । विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ । तर, सन्दीपलाई भने काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो ।