सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार


  •    न्युजभित्तो/१७ जेष्ठ २०८१, बिहीबार ११:३३ 
  • चितवन, १७ जेठ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।

    उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।

    नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए । होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे फरार रहेको उनले बताए । फरार रहेका घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    पक्राउ परेकाहरुमाथि मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान गर्ने काम भइरहेको रिजालले जानकारी दिए । होटलमा काम लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाएर नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको रिजालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.